वर्ल्ड लिंकले ल्यायो बिशेष अफर, इन्टरनेट जोड्दा सिजीको ३२ ईन्चको एलईडी टिभी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

प्रविधी

वर्ल्ड लिंकले ल्यायो बिशेष अफर, इन्टरनेट जोड्दा सिजीको ३२ ईन्चको एलईडी टिभी



काठमाडाैैं । नेपालकै अग्रणी इन्टरनेट प्रदायक कम्पनि वर्ल्ड लिंक कम्युनिकेशनले नजिकिदै गरेकाे चाडपर्व (दसैँ, तिहार तथा छैठ) काे अवसरमा बिशेष अफर ल्याएको छ ।

वर्ल्ड लिंककाे आगामी मंसिर ५ गतेसम्म सञ्चालन हुने यस याेजना अन्तर्गत इन्टरनेट जोड्दा सिजीको ३२ ईन्चको एलईडी टिभी प्राप्त गर्नुका साथै साेही शुल्कमा नेट टिभी जडान गर्न पाइनेछ ।

दसैँमा इन्टरनेट साथै नेट टिभी र टिभी सेट अफर अन्तरगत ग्राहकहरुले ४३ हजार सात सय ९० रुपैयाँको प्याकेज २५ हजार नौ सय ९० रुपैयाँमा प्राप्त गर्न सकिने जनाइएकाे छ ।

साथै अनुसार २५ हजार नौ सय ९० रुपैयाँ तिरेपछि सिजी कम्पनीको ३२ इन्चको एलईडी टिभीका साथै एक वर्षसम्म नेट टिभी र इन्टरनेट चलाउन पाइनेछ । वर्ल्ड लिंक कम्पनीको २५ एमबिपीएस, ४० एमबिपीएस र ६० एमबिपीएसको सेवा एक महिना, तीन महिना, ६ महिना र एक वर्षका लागि लिँदा अफर प्राप्त गर्न सकिने जनाइएकाे छ ।

त्यसैगरी, ११ हप्तासम्म वर्ल्डलिंकको नयाँ थपिएका ग्राहक र सेवा नविकरण गरेका ग्राहकबाट लक्की ड्र मार्फत एक सय जनालाई ४३ इन्चको सिजी कम्पनीकै एलईडी टिभी बम्पर उपहार प्रदान गरिने घिमिरेको भनाइ छ ।

त्यस्तै, प्रत्येक ग्राहकलाई खल्ती डिजीटल वालेटमा दुई सय ५० रुपैयाँको भौचर समेत प्रदान गरिने इटहरी शाखाका प्रबन्धक सुजित झाले बताएका छन् ।

प्रकाशित : ३० भाद्र २०७६, सोमबार १३:०३