सुनको मुल्य फेरि बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

सुनको मुल्य फेरि बढ्यो



काठमाडाै । लगातार घटिरहेको सुनको मूल्य सोमबार १ हजार १ सय रुपैयाँले बढेको छ ।

सोमबारको छापावाला प्रतितोला सुन ७१ हजार ३०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी सोमबार चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेर ८६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

गत साउन सुरुवातदेखि नै लगातार बढेर ७३ हजार ५०० रुपैयाँसम्म पुगेको सुनको भाउ पछिल्लो केही दिनदेखि भने घटिरहेको थियो ।

प्रकाशित : ३० भाद्र २०७६, सोमबार १३:३२