सिर्जना फाइनान्स लिमिटेडको हकप्रद शेयर असोज १७ गतेदेखि विक्रीमा आउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

सिर्जना फाइनान्स लिमिटेडको हकप्रद शेयर असोज १७ गतेदेखि विक्रीमा आउने



काठमाडौं । सिर्जना फाइनान्स लिमिटेडको हकप्रद शेयर असोज १७ गतेदेखि विक्रीमा आउने भएको छ । नेपाल धितोपत्र बोर्डबाट साउन २० गते स्वीकृति पाएसँगै कम्पनीले २७ लाख ६४ हजार ६९२ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले असोज ५ गतेसम्मका कायम शेयरधनीका लागि १० बराबर ६ को अनुपातमा हकप्रद विक्री गर्न लागेको हो । कम्पनीको हकप्रदमा कार्तिक २१ गतेसम्म आवेदन दिन सकिन्छ ।

कम्पनीको हकप्रदमा सनराइज क्यापिटल, कम्पनीको केन्द्रीय तथा सम्पूर्ण शाखा कार्यालय तथा आस्बा सदस्य सेवा लिएका सम्पूर्ण बैंक तथा वित्तिय संस्थाबाट पनि अनलाइन आवेदन दिन सकिन्छ । कम्पनीको विक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको हाल चुक्तापूँजी ४६ करोड ७ लाख रुपैयाँ रहेको छ । हकप्रद बाँडफाँट पछि पूँजी ७३ करोड ७२ लाख रुपैयाँ पुग्नेछ ।

प्रकाशित : ३१ भाद्र २०७६, मंगलवार ०८:३२