राष्ट्र बैंकले ग्रामिण विकास लघुवित्तको ३ लाख कित्ता शेयर लिलाम गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

राष्ट्र बैंकले ग्रामिण विकास लघुवित्तको ३ लाख कित्ता शेयर लिलाम गर्ने



काठमाडाै । नेपाल राष्ट्र बैंकले ग्रामिण विकास लघुवित्तको झन्डै ३ लाख कित्ता शेयर लिलाम गर्ने भएको छ । राष्ट्र बैंकए आफ्नो स्वामित्वमा भएको २ लाख ९९ हजार ९ सय ८२ कित्ता संस्थापक शेयर लिलाम गर्ने भएको हो ।

राष्ट्र बैंकले शेयरको न्यूनतंम मूल्य १२५ रुपैयाँ रुपैयाँ तोकेको छ । सो वा सो भन्दा बढी रकम कबुल गरेर इच्छुक बोलकबोलदाताले आवेदन दिन सक्ने छन् । हाल कायम संस्थापक शेयरधनीले मात्र यसमा आवेदन दिन सक्ने राष्ट्र बैंकले प्रष्ट पारेको छ ।

आज भदौ ३१ गतेदेखि कार्तिक ४ गतेसम्म आवेदन दिन सकिने राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित : ३१ भाद्र २०७६, मंगलवार ११:०६