यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान



माैसम पूर्वानुमान महाशाखाका अनुसार आगामी बिहीबारसम्म देशभरको मौसममा सामान्यदेखि पूर्ण बदली भई मेघ गर्जनसहित मध्यम वर्षा हुनेछ।

भाद्र ३१ गते (मंगलबार)
दिउँसो: देशभर सामान्यदेखि पूर्ण बदली रही मध्य र पूर्वी भू-भागका धेरै स्थानमा तथा पश्चिमका केही स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। देशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ ।

राति: देशभर सामान्यदेखि पूर्ण बदली रही मध्य र पश्चिमका धेरै स्थानहरुमा तथा पूर्वका केही स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। मध्य र पश्चिमका थोरै र पूर्वका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

असोज ०१ गते (बुधबार)
दिउँसो: देशभर सामान्य बदली रही मध्य भू-भागका धेरै स्थानमा र देशका बाँकी भू-भागहका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुनेछ। देशका मध्य तथा पश्चिमका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।

राति: देशभर पूर्ण बदली रही मध्य र पश्चिमका धेरै स्थानहरुमा तथा पूर्वका केही स्थानहरुमा मेघ गर्जन/चट्याङसहित मध्यम वर्षा हुनेछ। पश्चिमका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

असोज ०२ गते (बिहिबार)
दिउँसो: देशभर सामान्यदेखि आंशिक बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।

राति: देशभर सामान्यदेखि आंशिक बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।

प्रकाशित : ३१ भाद्र २०७६, मंगलवार ११:५५