यस्तो बन्दै छ सिंहदरबारभित्र संघीय संसद्को भवन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बीमा

यस्तो बन्दै छ सिंहदरबारभित्र संघीय संसद्को भवन



काठमाडाै । सरकारले सिंहदरबारभित्र संघीय संसद्को भवन निर्माण प्रक्रिया अगाडि बढाएको छ । देशको प्रमुख प्रशासनिक निकाय सिंहदबारभित्र पुतली बगैंचामा संसद् भवन बन्न लागेको हो ।

१५ वर्षअघि नै संसद्को भवन निर्माणको योजना अगाडि सारे पनि हाल आएर मात्र निर्माणको काम अगाडि बढेको हो । शहरी विकास तथा भवन निर्माण विभागले अन्तर्राष्ट्रिय मापदण्डअनुसार भवनको डिजाइन गरेको छ ।

आधुनिक र प्रविधिमैत्री संसद् भवन १ सय ७३ रोपनी ८ आना क्षेत्रफलमा फैलिनेछ । ५ अर्ब २६ करोडमा निर्माण हुन लागेको संघीय संसद् भवन निर्माण भएपछि संसदीय समिति, संसदीय दलको कार्यालय, संसद् सचिवालय एउटै भवनबाट सञ्चालन हुनेछ ।

शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालले तीन वर्षभित्र संघीय संसद् भवन निर्माणको काम सम्पन्न गर्ने गरी काम अगाडि बढाइने बताएकाे नेपाल समाचार पत्र दैनिकबाट साभार गरिएकाे छ ।

प्रकाशित : १ आश्विन २०७६, बुधबार ०७:५१