चिनियाँ माल,६ वटा ल्याउँदा तीन वटा बेहाल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

चिनियाँ माल,६ वटा ल्याउँदा तीन वटा बेहाल



काठमाडौं । चीन सरकारबाट किनिएका तथा अनुदानमा ल्याएका  ६ वटा चिनियाँ जहाज नेपाल वायुसेवा निगमका लागि घाँडो बनेको छ । पाइलटको अभाव तथा पार्टपुर्जाको सहज उपलब्धता नभएकाले ती जहाज पूर्णरुपमा सञ्चालन हुन सकेको छैनन् । 

अहिले निगमसँग ५६ सीट क्षमताका दुईवटा एमए–६० र १७ सीट क्षमताका चारवटा वाई–१२ इ गरी ६ वटा चिनियाँ जहाज छन् । सरकारले २०७१ सालमा एक/एकवटा र २०७४ मा चारवटा गरी ६ चिनीयाँ जहाज ल्याएको थियो । 

निगमका चार वाई–१२ यीमध्ये तीनवटा मात्रै उडानयोग्य छन् भने जनशक्ति र पार्टपूर्जाको अभावमा दुईवटाले मात्र नियमित उडान गरिरहेका छन् । 

एउटा वाई–१२ ई भने करिब ७ महिनादेखि ग्राउन्डेड छ । त्यस्तै दुईवटा एमए–६० मा एउटामात्रै उडान योग्य छ । यो समाचार आर्थिक अभियानमा प्रकाशित छ ।

प्रकाशित : १ आश्विन २०७६, बुधबार ०९:०३