यसरी गर्नुस् पैसाकाे जतन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

टिप्स

यसरी गर्नुस् पैसाकाे जतन



काठमाडाै। दशै अाउदैछ पक्कै पनि चिल्लो नयाँ नाेट दक्षिणा दिने सोचमा हुनुहुन्छ होला ? तर नोट सधै नयाँ र सफा राख्न मन सबैको हुन्छ । तर प्रयोग विधी नजान्दा नोट काम नलाग्ने बन्न सक्छ । राष्ट्र बैंकले पैसा प्रयोग गर्ने विधि यसरी सिकाएको छ ।

१. मनि ब्याग वा परेसको प्रयोग गरी नोटको जतन गर्ने ।
२. नोटलाई जथाभावी केरमेट नगर्ने ।
३. नोटलई अविर, अक्षता, माटो, धमिरा, मुसा, आगो र पानीबाट जोगाउने ।
४. नोटलाई कच्याककुच्चक नपार्ने, पोको तथा जमिनमा नगाड्ने ।
५. नोटलाई जतन गर्ने विधि अरुलाई पनि सिकाउने ।
६. पुजाआजा गर्दा अथवा कुनै काम गर्दा मैलिएको हातले नोट नछुने ।
७. आवश्यकभन्दा वढि नोट बैंकमा जम्मा गर्ने ।
८. बैंक चेक, एटिएम कार्ड प्रयोग गरी नगद कारोवार कम गर्ने ।
९. कारोबारको क्रममा शंकास्पद नोटहरु पाइए राष्ट्र बैंक वा अन्य बैंक तथा वित्तीय संस्थामा दाखिला गराउने ।

प्रकाशित : २ आश्विन २०७६, बिहीबार १३:३०