सुनचाँदीको मूल्य घट्यो, अब कति तल झर्ला ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

सुनचाँदीको मूल्य घट्यो, अब कति तल झर्ला ?



शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । नेपल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बिहीबार ७१ रुपैयाँमा कारोबार भइरहेको छापावाला सुनको मुल्य आज दुई सय रुपियाँले घटेर प्रतितोला ७० हजार आठ सय रुपियाँ कायम भएको हो ।

आज महासंघले तेजाबी सुन प्रतितोला ७० हजार पाँच सय रुपियाँ कायम गरेको छ । त्यस्तै, महासंघले प्रति १० ग्राम छापावाला सुनको मूल्य ६० हजार ७०० रुपैयाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ६० हजार ४४५ रुपैयाँ कायम गरेको छ ।

त्यस्तै, चाँदीको मूल्य ८६० रुपैयाँ मा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ७३७ रुपैयाँ ३० पैसा कायम गरेको छ ।

प्रकाशित : १० आश्विन २०७६, शुक्रबार ११:३७