नियम विपरित सेनालाई उद्योग सञ्चालन गर्ने अनुमति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नियम विपरित सेनालाई उद्योग सञ्चालन गर्ने अनुमति



Army.pngकाठमाडौं । सरकारले नेपाली सेनालाई काठमाडौ महानगरपालिका भित्र कपडा उद्योग सञ्चालन गर्ने अनुमति दिएको छ ।

उद्योग मन्त्री सोमप्रसाद पाण्डेको अध्यक्षतामा बसेको औद्योगिक प्रबद्र्धन बोर्डको मंगलबारको बैठकले नेपाली सेनालाई उद्योग खोल्ने अनुमति दिएको हो ।

बोर्डका सदस्य सचिव तथा उद्योग विभागका महानिर्देशक महेश्वर न्यौपानेका अनुसार गत बर्ष कम्पनी दर्ता गरि सञ्चालनको तयारीमा रहेको उद्योगलाई बैठकले अनुमति दिएको हो । कान्तिपुर दैनिकमा समाचार छ – बोर्डको २ सय २८ औ बैठकले उक्त निर्णय गरेको हो ।

यस अघि बोर्डकै १ सय ३२ औ बैठकले काठमाडौ महानगरपालिका क्षेत्रमा उद्योग खोल्न नपाइने व्यवस्था गरेको थियो । ‘आफैलाई प्रयोग गर्ने कपडा तथा अन्य उत्पादन गर्ने गरि उद्योग दर्ताको प्रस्ताब पेश गरेकाले बोर्डबाट उक्त निर्णय भएको हो,’ उनले भने, ‘लगानी ४ करोड ७५ लाख रुपैयाँ हुने छ ।’

सेनाले उद्योग नै सञ्चालन गर्ने गरि अनुमति पाएको यो पहिलोपटक हो ।

प्रकाशित : ३ चैत्र २०७२, बुधबार ०२:४५