किंग्स लाउञ्ज पोखराको फेस्टिवलमा २० प्रतिशत छुट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

किंग्स लाउञ्ज पोखराको फेस्टिवलमा २० प्रतिशत छुट



पोखरा । किङ्स लाउन्ज पोखराले दशैं, तिहार तथा छठ लगायतक चावपर्वको अवसर पारेर ह्याप्पी फेस्टिबल अफर सुरु गरेको छ । पोखराको लेकसाइडमा रहेको लाउन्जले असोज १२ गते आइतबारदेखि विहान ११ बजेदेखि साँझ साढे ५ बजेसम्म ह्याप्पी आवरमा २० प्रतिशत छुट उपलब्ध गराउने घोषणा गरेको कम्पनीले जनाएको छ ।

पोखरामा संचालनमा रहेका अन्य रेष्टुरेन्टहरुको तुलनामा सबैभन्दा सस्तो मेनुमा स्वादिष्ट खाना उपलब्ध गराउँदै किंग्स लाउञ्जले फेस्टिबल अफरमा थप डिस्काउन्ट दिन लागेको हो ।

साथै साँझ साढे ५ बजेपछि फुड एण्ड ड्र्क्सिमा १५ प्रतिशत छुट अफर रहेको किंग्स लाउञ्ज पोखराका एक संचालक बशन्त गौचनले जानकारी दिए । दशैं, तिहार तथा छठ लगायतका चाडपर्वलाई लक्षित गरि मेनुको मूल्य २० प्रतिशतले घटाउनुका साथै ह्याप्पी आवरमा डिस्काउन्ट अफर लागू गरिएको किंग्स लाउञ्जले जनाएको छ । ह्याप्पी आवर अफर चाडपर्वपछि पनि जारी रहने छ भने फुड एण्ड ड्र्क्सिमा १५ प्रतिशत छुट अफर छठसम्म रहने गौचनले बताए ।

यस्तै दशैं सेलिब्रेशन अन्तर्गत यहि असोज १२ गते आइतबार किङ्स लाउन्ज पोखरामा पप गायक छेवाङ लामा र पासपी ब्यान्डको लाइभ प्रस्तुती समेत रहेको अर्का संचालक कुमार गुरुङले बताए । लाइभ कन्सर्ट राति आठ बजेदेखि सुरु हुनेछ ।

फेस्टिबल अफर संचालनमा ल्याएको अवसर पारेर किङ्स लाउन्जले गत महिना किर्गिस्तानमा भएको नदेझ्दा कप फुटबल प्रतियोगितामा उप विजेता बनेको राष्ट्रिय महिला फुटबल टिमलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको अर्का संचालक आदित्य मिश्रले जानकारी दिए । महिला फुटबल टिम सागको तयारीका लागि पोखरामै रहेको छ ।

काठमाडौंको अपार सफलापछि ६ महिना अगाडि पोखरामा शाखा खोलेको लाउन्चले संगीत, खेलका साथै स्वेदेशी तथा विदेशी खानाका पारखीहरुलाई पूर्ण पारिवारिक वातावरणमा उत्कृष्ट सेवा र सन्तुष्टि प्रदान गर्दै आएको छ ।

लाउञ्जमा चाईनिज, थाई, इन्डियन, नेपाली तथा कन्टिनेन्टल खानाको हरेक दिन फरक फरक स्वाद लिन पाइनेछ । हाईजेनिक खानाका परिकार मात्रै नभई हरेक दिन सञ्चालन हुने लाइभ कन्सर्टले सेवाग्राहीको ध्यान तान्ने गरेको छ । पोखराका प्रतिष्ठत उद्योगी, व्यवसायी, विदेशी तथा स्वदेशी पर्यटक, डक्टर, इन्जिनियर, पाइलट देखि विभिन्न क्षेत्रका सेलिब्रेटीहरुको पहिलो रोजाईमा किङ्स लाउन्ज पर्ने गरेको छ । सुपथ मूल्यमा स्वादिष्ट खानाहरुको परिकार पाइने भएकाले किङ्स लाउन्ज पुग्ने गरेको उनीहरु बताउँछन् ।

नयाँ तथा पुराना संगीतहरुले भरपुर मनोरन्जन दिनुका साथै आफु स्वयमले पनि गाउन सक्ने, शान्त पारिवारिक वातावरण भएको, परिवारका सम्पुर्ण सदस्यले एकैसाथ मनोरन्जन लिन सक्ने लाउञ्जले ग्राहकहरुलाई घरसम्म निःशुल्क पुर्याई दिने ब्यवस्था पनि मिलाएको गौचनले जानकारी दिए ।

काठमाडौंको दरबारमार्ग र पोखराको लेकसाइडमा पाएको सफलतालाई केन्द्रमा राखेर मुलुकका अन्य शहरहरुमा पनि किङ्स लाउन्जको शाखा बिस्तार गर्ने तयारी गरिएको अध्यक्ष रामचन्द्र श्रेष्ठले जानकारी दिए ।

प्रकाशित : ११ आश्विन २०७६, शनिबार १८:४५