मेडइन नेपाल मेला सकियो, स्वदेशी उत्पादनप्रति सर्वसाधारणको रुची बढ्दो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

मेडइन नेपाल मेला सकियो, स्वदेशी उत्पादनप्रति सर्वसाधारणको रुची बढ्दो



काठमाडौं । राजधानीमा आयोजित सातौँ मेडइन नेपाल एक्सपो शनिबार सम्पन्न भएको छ । मेला अत्यन्त सफलताका साथ सम्पन्न भएको आयोजक नेपाली युवा उद्यमी मञ्चले जनाएको छ । मेलाको ४ हजार ५ सय भन्दा बढीले अवलोकन गरेको मञ्चले जनाएको छ । दुई दिने एक्सपोमा अपेक्षा अनुसार कारोबार भएको नेपाली युवा उद्यमी मञ्चकी वरिष्ठ कार्यक्रम संयोजक शाखी सारापले बताउनुभयो ।

मञ्चका अध्यक्ष निकोलश पाण्डेले सातौं संस्करणको मेडइन नेपाल मेलामा क्वान्टिटीलाई भन्दा क्वालिटिलाई ध्यान दिएको बताउनुभयो । त्यसमा आफूहरु सफल भएको उहाँको भनाई छ ।

ब्यापार गर्ने उद्देश्य भन्दा पनि नेपाली युवा उद्यमीकोे उत्पादन बारे जानकारी गराउन मेला आयोजना गरिएको थियो, उहाँले भन्नुभयो, त्यसमा हामी सफल भयौं ।’ मेलामा १५ जना युवा उद्यमीलाई निःशुल्क स्टल दिएर प्रोत्साहन गरेको पनि अध्यक्ष पाण्डेले बताउनुभयो ।


स्वदेशमा नै उद्यम गरिरहेका युवा उद्यमी जो बजारीकरणबाट पछि पर्नु भएको छ, उहाँहरुको लागि मेला आयोजना गरिएको अध्यक्ष पाण्डेले बताउनुभयो । यस्तो मेलामा आम्दानी गर्ने भन्दा पनि उत्पादित सामग्रीको बजारीकरणलाई प्राथमिकतामा राख्नुपर्ने उहाँको भनाई छ ।

मेलाले नेपाली उद्यमीले उत्पादन गरेको सामानको बजारीकरणका केही हदसम्म सहयोग गरेको उहाँको भनाई छ । आगामी दिनमा पनि यस्ता मेलालाई निरन्तरता दिने मञ्चले जनाएको छ । मेलामा स्वदेशी उत्पादनका करिब सय वटा अवलोकन कक्ष राखिएको थियो ।

प्रकाशित : ११ आश्विन २०७६, शनिबार १८:५३