सुनको मूल्य घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

कर्पोरेट

सुनको मूल्य घट्यो



काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ। आज छापावाला सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँ घटेर ७० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, तेजाबी सुन पनि प्रतितोला ६ सय रुपैयाँले नै घटेर ६९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यावसायी महासंघले जनाएको छ।

चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर तोलाको ८ सय ४५ रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔस न्यूनतम १ हजार ४८७.२४ देखि १ हजार ५०७.२८ डलरसम्ममा कारोबार भइरहेको छ ।

प्रकाशित : १२ आश्विन २०७६, आईतवार १२:१३