दशैँ लागेसँगै सुनको भाउ घटेको घट्यै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

कर्पोरेट

दशैँ लागेसँगै सुनको भाउ घटेको घट्यै



काठमाडौँ । नेपाली हरुको महानपर्व दशैँ सुरु भएसँगै सुनको भाउ लगातार सुनको भाउ ओरालो लागेको छ। मंगलबार सुनको भाउ लगातार ओरालो लागेको छ ।

हिजो सोमबार ७० हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ ८ सय रुपैयाँ घटेको हो ।

आज छापावाल सुन प्रतितोला ६९ हजार २ सय तथा तेजावी सुन प्रतितोला ६८ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

गत बिहिबार ८ सय, शुक्रबार २ सय, आइतबार ६ सय तथा सोमबार २ सय रुपैयाँ घटेको थियो ।

सोमबार छापावाल सुन प्रतितोला ७० हजार तथा तेजावी सुन प्रतितोला ६९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज सुनको भाउसँगै चाँदीको भाउ पनि ओरालो लागेको छ । आज चाँदी प्रतितोला ८ सय २५ रुपैयाँमा कारोबार भईरहेको छ। सोमबार चाँदी ८ सय ४० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित : १४ आश्विन २०७६, मंगलवार १५:२३