सत्र वर्षदेखि फरार रहेका व्यक्ति ड्रोनको सहायताले पक्राउ



बेइजिङ (एजेन्सी) । चिनियाँ प्रहरीले सत्र वर्षदेखि फरार रहेका एक व्यक्तिलाई ड्रोनको सहायताले एउटा गुफाबाट पक्राउ गरेका छन्। महिला तथा बालबालिका बेचबिखनको अभियोगमा ६३ वर्षीय सोङ जियाङले जेल सजाय काटिरहेका थिए। तर सन् २००२ मा उनी एउटा कैदी शिविरबाट भागेका थिए।

मानव गतिविधि नहुने एउटा गुफाभित्र उनी वर्षौंदेखि बसिरहेका थिए। सोङ लुकेर बसिरहेको ठाउँबारे योङ्गशान प्रहरीले आफ्नो विच्याट खातामा सेप्टेम्बरको शुरूतिर सुइको पाएका थिए। त्यो सूचनाले प्रहरीलाई दक्षिण–पश्चिमी चीनको युनान प्रान्तस्थित सोङको घरपछाडि रहेको पहाडसम्म पुर्‍यायो।

नियमित खोजी प्रक्रियाबाट उनलाई भेट्टाउन विफल भएपछि अधिकारीहरूले अतिरिक्त ड्रोनहरू पठाए। ती ड्रोनहरूले भीरमा नीलो रङ्गको स्टीलको छतका साथै नजिकै फोहोरमैला भएको देखेका थिए।

त्यसपछि प्रहरीहरू हिँडेर त्यहाँ पुगे र एउटा सानो गुफाभित्र सोङलाई भेटाए। प्रहरीका अनुसार सोङ लामो समयदेखि गुफाभित्र एकलकाटे जीवन बिताइरहेकोले अधिकारीहरूसँग कुरा गर्न उनलाई गाह्रो भएको थियो।

सरकारी सञ्चारमाध्यमका अनुसार सोङले प्लास्टिकको बोतलमा एउटा नदीबाट खाने पानी ल्याउने गरेका थिए भने आगो बाल्न दाउराको प्रयोग गर्थे। पक्राउ गरिएपछि उनलाई पुनः जेल पठाइएको छ।

प्रतिक्रिया दिनुहोस
टेलिकमले इन्टरनेट लिज लाइनको महसुल घटायो

काठमाडौं / नेपाल टेलिकमले यही कात्तिक १ गते देखि लागू हुनेगरी इन्टरनेट लिज

अमेरिकी प्राविधिक कम्पनी सिथोसको आर्टिफिसयल इन्टिलिजेन्स सेवा नेपालमा पनि

काठमाडाै । सूचना प्रविधि क्षेत्रमा काम गर्दै आएको अमेरिकी कम्पनी सिथोसले नेपालमा पनि

टेलिकमले ग्राहकले १० रुपैयाँमा १०० मिनेटकाे फाेन गर्न यसरी लिन सक्छन सेवा

काठमाडौँ । नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि विभिन्न प्याकेज सहितको आकर्षक अटम अफर

भीभो भी १७प्रो का साथ स्मार्टफोन फोटोग्राफीको नयाँ लेभलको अनुभव गर्नुहोस्

काठमाडौं । भीभो, विश्वव्यापी इनोभेटिभ स्मार्टफोन ब्राण्ड, भी सिरिजको पोर्टफोलियोमा नयाँ सदस्यको रुपमा