घरमै बसेर अस्पतालको टिकट यसरी काट्नुस्



अब अस्पतालको ओपिडी टिकट लिन बिरामी तथा बिरामीको आफन्तले घन्टौं लाममा बस्नुपर्ने अवस्थाको अन्त्य हुने भएको छ । टिकट काट्नका लागि बिरामीले अस्पतालमा समेत पुग्न नपर्ने सुबिधा आएको छ । अब बिरामी वा आफन्तले घरमा नै बसेर अस्पतालको ओपिडी टिकट काट्न सक्नेछन् । प्रभु पे मोबाइल वालेट मार्फत अस्पतालको ओपिडी टिकट काट्ने व्यवस्थाको सुरुवात बिराट मेडिकल कलेजबाट शुरु भएको छ ।

मेडीफ्लो सोलुसनले प्रभु पे मोबाइल एप मार्फत घरमै बसेर टिकट काट्न सक्ने प्रविधिको विकास गरेको हो । उक्त प्रविधिबाट टिकट काट्ने व्यवस्था सुरु गर्ने बिराट मेडिकल कलेज प्रदेश १ मा पहिलो भएको हो । मेडिफ्लोले अन्य अस्पतालमा पनि यो सेवा विस्तार गर्दै लैजाने मेडीफ्लोका सिओओ सुरेन्द्र न्यौपानेले जानकारी दिनुभयो । न्यौपानेका अनुसार मेडीफ्लोले अहिले यो सेवा प्रभु पे मोबाइल वालेटसँगको सहकार्यमा सुरु गरेको छ ।


अस्पतालले विरामीको सहजताका लागि प्रविधिको प्रयोग गर्दै प्रभु पे मोवाइल वालेट मार्फत टिकट काट्ने व्यवस्था सुरु गरेको अस्पतालका कार्यकारी निर्देशक दिनेश कार्की ले जानकारी दिनुभयो । ‘अस्पतालमा ओपिडीको टिकट लिनका लागि निकै लामो लाइन बस्नुपर्ने बाध्यता रहेको बताउदै उहाँले आफुहरुले विभिन्न प्रविधिको प्रयोग मार्फत यसलाई व्यवस्थित बनाउने काम गरिरहेको र अब मोबाइल एपबाट नै काट्न सकिने भएपछि बिरामीले घरबाट नै टिकट काट्न सक्ने भएको उल्लेख गर्नुभयो ।

अहिले यो सेवा मार्फत टिकट काट्नका लागि मोबाइल प्रयोगकर्ताले प्रभु पे मोबाइल बालेट नामक एपलाई डाउनलोड गर्नुपर्छ । प्रभु पे मोबाइल वालेटबाट यो सेवा लिने ग्राहकको लागि बिशेष सहुलियतको व्यवस्था गरिने प्रभु टेक्नोलोजीका जीेएम खुशल रेग्मीले जानकारी दिनुभयो । प्रभु पे वालेटमा रजिष्टर भएपछि आफ्नो विभिन्न बैंकबाट रकम जम्मा गर्न सकिनेछ । त्यसपछि उक्त एपमा रहेको हस्पिटल भन्ने बटनमा क्लिक गर्नुपर्ने हुन्छ । हस्पिटल बटन भित्र प्रवेश गरेपछि बिराट अस्पतालमा क्लिक गर्नुपर्ने हुन्छ ।

बिराट अस्पताल क्लिक गरेपछि त्यहाँ नयाँ वा पुरानो ओपिडी भन्ने विकल्प आउने छ । त्यसमा पुरानो हो भने पुरानो र नयाँ हो भने नयाँ ओपिडी छान्ने । त्यसपछि आफूले जाँच गर्न चाहेको विभाग र डाक्टर तथा मिति छान्नुपर्ने हुन्छ ।

उक्त प्रक्रिया पछि बिरामीले आफ्नो विवरण भर्नुपर्ने हुन्छ । सबै विवरण भरिसकेपछि टिकटको मुल्य आफ्नो प्रभु पे मोवाइल वालेटमा रहेको ब्यालेन्सबाट काटिनेछ । यसका साथै अस्पतालले अस्पताल हातामा एटिम मेसिन जस्तै ‘किओस्क (KIOSK) मेसिन’ बाट पनि टिकट लिन सक्ने व्यवस्था समेत गरेको छ । यसैगरी, अस्पतालले ल्याब रिपोर्टहरु अनलाइनमा हेर्न सकिने व्यवस्था समेत सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस
नेबिको बिस्कुटको ‘गिफ्ट फेमीली प्याक’ बजारमा

काठमाडाै । पछिल्लो ६ बर्षदेखि सुगर फ्री डाइजेस्टिभ बिस्कुटबाट नेपाली उपभोक्तामाझ लोकप्रियता बटुलिरहेको

सुधारमा बल लाउदै नेप्से

काठमाडाैं । मंगलबार सेयर बजारमा सामान्य सुधार आएको छ । आज सेयर बजार

यी हुन डबलको आइएमई डबलको डबल अफर अन्तर्गत पहिलो महिनाको विजेता

आइएमई सेवाग्राही विशाल नगरकोटी दसैँमा डबलको डबलको डबल अफर अन्तर्गत पहिलो महिनाको विजेता

दुई सय ७० जना स्वास्थ्यकर्मीको समायोजन सूचि प्रकाशित (पुरा विवरण सहित)

काठमाडाै । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजनका क्रममा गुनासो दर्ता गरेका अनमी, अहेव