सनराइज बैंकले बोलायो साधारण सभा, यस्ता छन् एजेन्डा



सनराइज बैंकले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट प्रस्ताव गरेको लाभांश अनुमोदनका लागि बाह्रौँ वार्षिक साधारण सभा आह्वान गरेको छ। बैंकले कात्तिक १५ गते शुक्रबार बिहान १० बजे नक्साल बैंक्वेट, नक्साल, काठमाडौँमा साधारण सभा बोलाएको हो ।

बैंकले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको १५.८० प्रतिशत लाभांश अनुमोदन गर्ने प्रस्ताव साधारण सभामा लैजाँदैछ। बैंक सञ्चालक समितिले १० प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित ५.८० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ।

त्यसैगरी सभामा बैंकले अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने सम्बन्धी सम्पूर्ण काम सञ्चालक समितिलाई पूर्ण रुपमा सुम्पिने गरी विशेष प्रस्ताव लैजाने भएको छ।

साधारण सभा प्रयोजनका लागि बैंकले कात्तिक १ गते एकदिन बुकक्लोज गर्ने जनाएको छ। यसअनुसार असोज ३० गतेसम्म कायम शेयरधनीले मात्र बैंकको साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस
प्रत्येक नेपालीको थाप्लोमा ३८ हजार ३४ रुपैयाँ ऋण, यस्तो छ आर्थिक सर्वेक्षण

काठमाडौं । नेपालको अहिलेसम्म झण्डै साढे ११ खर्ब ऋण रहेको छ । अर्थमन्त्री

‘राजाहरुको तस्वीरअंकित नोट चल्छन, मक्किएका, जलेका, पानीले भिजेका चल्दैनन्’

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार सफा नोट नीति संशोधनबारे जारी गरेको निर्देशनले

सनराइज बैंक चितवनद्वारा पिपीइ हस्तान्तरण

काठमाडौं । सनराइज बैंकले चितवन मेडिकल कलेज र महाभारत गाउँपालिकालाई व्यक्तिगत सुरक्षात्मक उपकरण

बैंक सेवा सञ्चालन मार्गदर्शन: पैसामा ‘डिसइन्फेक्सन’, एक तिहाइ कर्मचारी उपस्थित

काठमाडौं । लकडाउनका समयमा बैंकको सेवालाई निरन्तरता दिनका लागि केन्द्रीय बैंकले ‘बैंक सेवा