सिटिसी मोबाइल टीकाको दिनबाहेक हरेक दिन खुल्ने, चाडमा अफर भित्र अफर



काठमाडाै । सिटिसी मोबाइल हब सुन्धाराले दशैं टीकाको दिन बाहेक सबै दिन मोबाइल बिक्री गर्ने भएको छ । अफरै अफर सहित मोबाइल मेला सञ्चालन गरिरहेको मोबाइल हबले सेवाग्राहीको आवश्यक्तालाई ध्यानमा राख्दै दशैं तथा तिहारमा टीकाको दिनबाहेक सबै दिन मोबाइल मेला सञ्चालन गर्ने भएको हो । वर्षमा ३६३ दिन नै सेवा दिँदै सेवाग्राहीलाई सहज बनाउनका लागि यस्तो अभियान सुरु गरिएको मोबाइल हबले जनाएको छ ।


अफर भित्र अपर सहित सञ्चालित मोबाइल मेलामा मोबाइल खरिद गर्दा निशुल्क मोबाइल इन्स्योरेन्स सेवा पाइने मोबाइल हबले जनाएको छ । असोज ५ गतेदेखि कार्तिक १६ सम्ममा मोबाईल खरिद गर्ने सबै ग्राहकलाई लक्की ड्रमा सहभागी गराई प्रथम पुरस्कार स्वरुप यामाहा को रे जेट आर स्कूटर प्रदान गरिनेछ । दोस्रो पुरस्कारमा एक जनालाई बाली भ्रमणको प्याकेज र तेस्रो पुरस्कारमा डेलको एउटा लाप्टप बितरण गरिनेछ ।


हरेक दिन मेला अवलोकनकर्ता मध्येबाट लक्कि ड्र मार्फत एक जनाले स्मार्ट फोन जित्न सक्ने छन् भने हरेक मोबाईलको खरिदमा ग्राहकले हात खाली नजाने उपहार समेत पाउनेछन् ।


मोबाइल मेलामा मेरो सुरक्षासँगको सहकार्यमा निशुल्क मोबाइल बीमाको समेत व्यवस्था गरिएको छ । यसबाट मोबाइल चोरी हुने, फुट्ने वा कुनै किसिमको समस्या आएमा तत्काल सेवाग्रहीले त्यसको समाधान पाउने राईले बताए । मेलामा आउने ग्राहकका लागि निशुल्क पार्किङको व्यवस्था गरिएको पनि मेलाको आयोजकले जनाएको छ ।


त्यसैगरी हरेक मोबाइलको खरिदमा सिनेमाको टिकट निशुल्क बितरण हुनेछ भने गल्फमा सहभागी भई २ स्कोर गरे साधारण मोबाईल, ३ स्कोर गरे आफुले खरीद गरेको मोबाईलमा ५० प्रतिशत छुट र ४ स्कोर गरे खरीद गरेको मोबाइल निशुल्क पाइनेछ ।


विभिन्न मोबाईल कम्पनीहरुसँगको सहकार्यमा सञ्चालति अफरै अफर सहितको मोबाईल मेलामा ६० प्रतिशतसम्मको छुटमा मोबाइल किन्न सकिने मोबाइल हबका प्रबन्ध निर्देशक संगम राईले बताए । साथै बाई वान गेट वान फ्रि अफर मेलाको आकर्षण बनेको छ ।

प्रतिक्रिया दिनुहोस
नेबिको बिस्कुटको ‘गिफ्ट फेमीली प्याक’ बजारमा

काठमाडाै । पछिल्लो ६ बर्षदेखि सुगर फ्री डाइजेस्टिभ बिस्कुटबाट नेपाली उपभोक्तामाझ लोकप्रियता बटुलिरहेको

सुधारमा बल लाउदै नेप्से

काठमाडाैं । मंगलबार सेयर बजारमा सामान्य सुधार आएको छ । आज सेयर बजार

यी हुन डबलको आइएमई डबलको डबल अफर अन्तर्गत पहिलो महिनाको विजेता

आइएमई सेवाग्राही विशाल नगरकोटी दसैँमा डबलको डबलको डबल अफर अन्तर्गत पहिलो महिनाको विजेता

दुई सय ७० जना स्वास्थ्यकर्मीको समायोजन सूचि प्रकाशित (पुरा विवरण सहित)

काठमाडाै । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजनका क्रममा गुनासो दर्ता गरेका अनमी, अहेव