सनराइज बैंकले आफ्नो १२ औं वार्षिकोत्सव अवसर दशैंको टिकाको दिन निःशुल्क बस यात्राको सुविधा प्रदान गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

सनराइज बैंकले आफ्नो १२ औं वार्षिकोत्सव अवसर दशैंको टिकाको दिन निःशुल्क बस यात्राको सुविधा प्रदान गर्ने



सनराइज बैंकले आफ्नो १२ औं वार्षिकोत्सव अवसर र नेपालीहरुको महान चाँड दशैंलाई मध्यनजर गरी निःशुल्क बस यात्राको सुविधा प्रदान गर्ने भएको छ ।

दशैंको बेला काठमाडौंमा सार्वजनिक यातायातको अभाव हुने र त्यस अभावलाई केही हदसम्म न्यूनिकरण गर्ने अभिप्रायले बैंकले निःशुल्क बस सेवा दशैंको टिकाको दिन अर्थात असोज २१ गते मंगलबार संचालन गर्ने प्रष्ट्याएको छ ।

‘सनराइज दशैं, यात्रा हामी सँगसँगै’ भन्ने नाराको साथ बैंकले काठमाण्डौको दुईवटा रुटमा बस सेवा संचालन गर्नेछ ।

बैंकका अनुसार बुढानिलकण्ठदेखि लगनखेलको रुट र चक्रपथ परिक्रमाको रुट रहनेछन् ।

बैंकले आश्विन महिनालाई १२ औं वार्षिक उत्सवपूर्ण महिनाको रुपमा मनाउन विभिन्न १२ विधाहरmमा देशभर कार्यक्रमहरु गर्दै जाने जनाएको छ ।

प्रकाशित : १७ आश्विन २०७६, शुक्रबार २०:५२