एनआरएनएका सबैखाले मुद्दाको साक्षी हुँ, अब अध्यक्ष बनेर काम गर्छुः कुल आचार्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एनआरएनएका सबैखाले मुद्दाको साक्षी हुँ, अब अध्यक्ष बनेर काम गर्छुः कुल आचार्य



काठमाडौं । गैर आवसीय नेपाली संघ(एनआरएनए)का उपाध्यक्ष तथा अध्यक्षका उम्मेदवार कुल आचार्यले आफूलाई एनआरएनएको सिपाहीको रुपमा परिचित गराएका छन् ।

१२ बर्ष अनवरत रुपमा सिपाहीका रुपमा लडेकाले अब अध्यक्ष बनेर संस्थालाई गतिशिल र सबैको साझा संस्था बनाउका लागि आफू एनआरएनएको अध्यक्ष भएर काम गर्ने अपेक्षा लिएको बताए ।

संचारकर्मीहरुसँग कुरा गर्दै उनले डायस्पोराको माग र मुलुकको समृद्धीका लागि आफू अध्यक्षका लागि सक्षम भएको दावी समेत गरे । संस्थामा विगत १२ बर्षदेखि अनवरत रुपमा संघर्ष गरिरहेकाले विश्वभरका नेपालीको समस्या बुझ्ने अवसर मिलेकाले सबैको सल्लाह अनुसार नै नेतृत्वका लागि दावी गरेको उनले बताए ।

एनआरएनएलाई सबैको अपनत्व महशुस हुने खालको साझा संस्था बनाउन र विदेशमा रहेका नेपालीको पुँजी र सीप नेपालमा भित्र्याउन, खाडी तथा मलेसियामा कार्यरत नेपालीका ज्वलन्त समस्या समाधानका लागि आफ्नो नेतृत्व अपरिहार्य भएको उनको दावा छ ।

१० बुँदे कार्ययोजनामा एनआरएनएलाई समावेसी बनाउने मेरो स्पष्ट रोडम्याप छ । गैर आवासीय नेपालीहरुसंग रहेको स्रोत, सीप, क्षमता र सम्पर्क र बौद्धिक तथा आर्थिक लगानी नेपाल भित्र्याउने, वैदेशिक रोजगारलाई मर्यादित तथा व्यवस्थित बनाउने, नेपालमा लगानी भित्र्याउने, व्रेन गेन सेन्टरलाई प्रभावकारी बनाउने, नेपालको पर्यटन प्रवर्द्धन, सडक सुरक्षा, युवा सशक्तीकरण र रोजगार, भिजन २०२० एण्ड वियोंड कार्यान्वयन गर्ने लगायतका कार्ययोजना सार्वजनिक गरिसकेको छु ।

गैरआवासीय नेपाली संघ बेलायतको उपाध्यक्ष, अध्यक्ष, अन्तर्राष्ट्रिय समन्वय परिषदको सदस्य, युरोप संयोजक हुँदै हाल उपाध्यक्ष भएर काम गरिसकेपछि मेरो अन्तिम विकल्प अध्यक्ष नै भएकाले नेतृत्वका लागि दावा गर्न सक्ने अवस्थामा पुगेको उनको भनाइ छ । उनले प्रश्न गरे, ‘अब म अध्यक्ष नभए कहाँ जाउँ ?’

‘विश्वभर छरिएर रहेका नेपालीहरुको समस्या बुझेको छु, थुप्रै समस्याहरुको समाधान मेरै पहलमा भएका छन्, वास्तवमा म एनआरएनएका सबैखाले मुद्दाको साक्षी भएका हिसाबले आफूलाई योग्य ठानेको छु’, उनले भने,‘म एनआरएनएको सिपाइँ हुँ, संस्थालाई ब्यक्तिगत भन्दा संस्थागत स्वार्थमा काम गर्ने अठोट राख्छु ।’

उनले एनआरएनएले उठाएका नागरिकताको मुद्दा, मतदान अधिकार, नेपालमा लगानीका लागि सर्वशुभल कानुनको माग, मलेसिया र खाडी देशहरुमा कार्यरत नेपालीहरुले भोगीरहेका समस्या समाधानका लागि आफ्नो स्पष्ट योजना तयार रहेको पनि जानकारी गराए ।

उनले भने, ‘संस्था स्थापना देखि नै नागरिकताको मुद्दामा आफू क्रियाशिल रहेको साथै मतदान अधिकारका सवालमा पनि सरकारलाई अनुरोध गरिसकेकाले आगामी मेरो नेतृत्वमा बन्ने नयाँ कार्यसमितिले यसको छिनोफानो गर्नेछ ।’

१० अर्ब लगानीको सवालमा आफ्नो छुट्टै दृष्टिकोण रहेको जनाउँदै उनले यसका लागि अनुभवी भन्दा पनि क्षमतावान र सक्षम सिइयोले आवश्यक रहेको र राम्रो प्रोजेक्ट तयार गरेर डायस्पोराको लगानी सुरक्षित गर्ने आफ्नो योजना उनले सुनाए ।

यही अक्टोबर १५ देखि १७ सम्म काठमाडौंमा हुने संघको नवौं विश्वसम्मेलन एवम अन्तराष्ट्रिय अधिवेशनका लागि विभिन्न देशको भ्रमण सकेर आचार्य हाल काठमाडौंमा चुनावी लबिङमा ब्यस्त छन् ।  अध्यक्षका दावेदार उनले यसअघि नै १० बुँदे घोषणा पत्र सार्वजनिक गरिसकेका छन् ।

प्रकाशित : १९ आश्विन २०७६, आईतवार ०७:४२