माछापुच्छ्रे बैंकले माग्यो ११५ जना कर्मचारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

माछापुच्छ्रे बैंकले माग्यो ११५ जना कर्मचारी



काठमाडाै । माछापुच्छ्रे बैंकले ११५ जना कर्मचारी माग गरेको छ ।

बैंकले काठमाडौं उपत्यका भित्र र बाहिरको लागि २५ जना म्यानेजमेन्ट ट्रेनी र ९० जना जुनियर एसिटेन्ट पदको लागि आवेदन मागेको हो । जुनियर एसिटेन्टको लागि पनि काठमाडौं उपत्यका र बाहिरको लागि आवेदन माग गरिएको हो ।

म्यानेजमेन्ट ट्रेनीका लागि व्यवस्थापनमा स्नातोत्तर तह उतिर्ण गरेको हुनुपर्ने छ । जुनियर एसिटेन्टका लागि स्नातक उतिर्ण गरेको हुनुपर्ने छ ।

बैंकमा आवेदन दिन चाहनेले कात्तिक १३ भित्रमा बैंकको वेवसाइटमा गएर तोकिएको कागजजात बुझाएर आवेदन दिनुपर्ने छ ।

प्रकाशित : २९ आश्विन २०७६, बुधबार ०८:२१