कुलमानकाे पक्षमा अदालतको फैसला , जिल्लिए उद्योगी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

कुलमानकाे पक्षमा अदालतको फैसला , जिल्लिए उद्योगी



काठमाडाै । ट्रंक लाइनबाट विद्युत सेवा लिएबापत महसुल नतिर्ने भन्दै ४ वटा उद्योगले नेपाल विद्युत प्राधिकरणलाई विपक्षी बनाई दायर गरेको रिट उच्च अदालत बुटवलले खारेज गरेको छ।

बुधबार न्यायधीसद्वय नारायणप्रसाद पोखरेल र हरिप्रसाद पौडेलको संयुक्त इजलासले यी उद्योगीहरूले दर्ता गरेको मुद्दा आर्थिक अपचलनमा सहयोग पुग्ने खालको भएको ठहर गर्दै खारेज गरिदिएको हो ।

अदालतले सर्बोत्तम सिमेन्ट, लक्ष्मी स्टिल, बुटवल सिमेन्ट र पाल्पा सिमेन्टको रिट खारेज गरेको हो । यस संगै यी उद्योगले अब प्राधिकरणलाई ट्रंक लाइनबाट विद्युत सेवा लिएबापत महसुल वापतको ५२ करोड तिर्नु पर्ने भएको छ ।

प्रकाशित : ३० आश्विन २०७६, बिहीबार १६:४९