मेरो माइक्रोफाइनान्समा ११ अर्ब ६६ करोड ६७ लाख रुपैंयाको आवेदन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

मेरो माइक्रोफाइनान्समा ११ अर्ब ६६ करोड ६७ लाख रुपैंयाको आवेदन



काठमाडौ ।मेरो माइक्रोफाइनान्सले निष्काशन गरेको ६ लाख १२ हजार कित्ता साधारण शेयरका लागि झण्डै १ लाख ६१ हजार आवेदन मार्फत ११ अर्ब ६६ करोड ६७ लाख रुपैंयाको आवेदन परेको छ । माइक्रोफाइनान्सको शेयर निष्काशन तथा बिक्रि प्रबन्ध ग्लोबल आइएमई क्यापिटलले दिएको जानकारी अनुसार शेयर निष्काशन बन्द हुने दिन सोमबार मात्रै ५ अर्व ७७ करोड १५ लाख रुपैयाँ बराबरको आवेदन परेको छ । उक्त दिन ७५ हजार ४ सय ६ वटा आवेदन मार्फत ५ अर्व ७७ करोड रुपैयाँ बराबरको आवेदन परेको हो ।

६ लाख १२ हजार कित्ता बराबरको ६ करोड १२ लाख रुपैंयाको शेयरका लागि निष्काशन बन्द भएको दिनसम्ममा परेको रकम १ सय ९१ गुणा बढी हो । ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत परासमणि ढकालले मेरो लगानीसंग कुरा गर्दै भने ‘हामीले सबै तथ्यांक संकलन गरिसकेका छौं, चेक क्लियरिंगका दौरान यो संख्यामा केही मात्रामा घटबढ हुन सक्छ ।’
साधारण शेयर निष्काशन पश्चात मेरो माइक्रोफाइनान्सको चुक्ताँ पूजी १३ करोड ८८ लाख रुपैयाँबाट बढेर २० करोड रुपैयाँ पुग्नेछ ।

प्रकाशित : ३ चैत्र २०७२, बुधबार १६:२६