सहकारीमा मर्जरको लहर ः रुपन्देहीका दुइ सहकारी एक भए « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

सहकारीमा मर्जरको लहर ः रुपन्देहीका दुइ सहकारी एक भए



रुपन्देहीको तिलोत्तमा नगरपालिका १५ कोटिहवामा रहेको नेपाल टुगा बचत तथा ऋण सहकारी संस्था लिमिटेडे, ओमसतिया गाउँपालिका १ ठुटिपिपलमा रहेको आस्थाश्री बचत तथा ऋण सहकारी संस्था लिमिटेड र ओमसतिया गाउँपालिका १ ठुटिपिपलमा रहेको देवनारी विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड एक आपसमा एकिकरण भई टुगा आस्था विकास बचत तथा ऋण सहकारी संस्था नामबाट एकिकृत कारोबार शुभारम्भ भएको छ ।

आज एक कार्यक्रमका बीच साविकको नेपाल टुगा साकोसका अध्यक्ष डिबि थापा, साविकको आस्थाश्री साकोसका अध्यक्ष लक्ष्मण कुमार थापा र साविकको देवनारी विकास साकोसका अध्यक्ष लक्ष्मीदेवी केसीले सामुहिकरुपमा विज्ञप्ति निकाली एकिकृत कारोबार शुभारम्भ भएको घोषणा गरेका हुन् ।

एक आपसमा एकिकरण भएपछि संस्थाका ३ ओटा सेवा केन्द्र र एक ओटा केन्द्रिय कार्यालय, २ ओटा पक्कि भवन र दुई कठ्ठा ५ धुर जग्गा भएको तदर्थ सञ्चालक समिति टुगा आस्था विकास साकोसका अध्यक्ष डिबि थापाले जनाए । अब संस्थामा शेयर सदस्य सङ्ख्या ४ हजार ७४ जना पुगेका छन् । संस्थाको बचत निक्षेप ३७ करोड २६ लाख ३४ हजार ३२ रुपैँया, बाह्य लगानी ३४ लाख, ५४ हजार ९ सय २७ रुपैँया, तरता रकम ८ करोड ४१ लाख ८९ हजार ६ सय ९५ रुपैँया, कुल पुँजी ५० करोड, ५ लाख, ६८ हजार ७ सय ४६ रुपैँया रहेको छ ।

शेयर पुँजी ४ करोड ६७ लाख ८२ हजार ३ सय रुपैँया, ऋण लगानी ३७ करोड, ५० लाख ६४ हजार ४ सय ६१ रुपैँया, कोष रकम ४ करोड १९ लाख ९३ हजार ४ सय ६० रहेको छ भने स्थिर सम्पत्ति १ करोड २६ लाख २० हजार १ सय ९१ रुपैँया रहेको छ ।

प्रकाशित : ३ कार्तिक २०७६, आईतवार ०८:१८