चिनियाँ बैंकले नेपालमा शाखा खोल्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

चिनियाँ बैंकले नेपालमा शाखा खोल्ने



chinaकाठमाडौं ।चिनियाँ बैंकले नेपालमा शाखा खोल्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको समयमा चिनियाँ बैंकले नेपालमा शाखा खोल्ने विषयको समझदारीपत्रमा हस्ताक्षर हुन लागेको हो। राजधानी दैनिकमा समाचार छ।
चिनियाँ बैँकले नेपालमा शाखा खोल्न अनुमति दिन सकिने÷नसकिने विषयमा अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकसँग रायसमेत मागिसकेको छ। सोही अनुसार राष्ट्र बैंकले बुधवार नै चिनियाँ बैंकलाई नेपालमा शाखा खोल्न दिन सकिने रायसहितको पत्र अर्थ मन्त्रालय पठाएको छ।
‘विदेशी बैंक तथा वित्तीय संस्थाले नेपालमा शाखा खोल्नेसम्बन्धी नीतिगत व्यवस्था २०६६ सालमै गरिएको छ, यसैकारण चिनियाँ बैंकका शाखा खोल्न दिन कुनै कानुनी र नीतिगत व्यवस्थाले अबरोध गर्दैन, राष्ट्र बैंकले पठाएको राय उदृत गर्दै अर्थ मन्त्रालयका एक अधिकारीले बताए।
चिनियँ बैँकले नेपालमा शाखा खोल्ने सम्बन्धमा हुने एमओयूमा नेपाल राष्ट्र बैँकका गभर्नर डा। चिरञ्जीवी नेपाल र चीनको केन्द्रीय बैंकका प्रमुखले हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित : ४ चैत्र २०७२, बिहीबार ०३:०२