अफताबमाथि अनुसन्धान गर्न पाँच दिन समय थप « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

अफताबमाथि अनुसन्धान गर्न पाँच दिन समय थप



नेपाली कांग्रेसका सांसद तथा पूर्वममन्त्री मोहम्मद अफताव आलममाथि अनुसन्धान गर्न प्रहरीले थप ५ दिनको समय पाएको छ । पहिलो पटक थप गरिएको ७ दिनको समय सकिदा पनि अनुसन्धान बाँकी रहेपछि प्रहरीले रौतहट जिल्ला अदालत समक्ष म्याद थप गर्न आग्रह गरेको थियो । न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले थप ५ दिनको समय उपलब्ध गराएको हो । 

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनका समयमा बुथ कब्जा गर्ने उदेश्यले बम बनाउँदा बम अचानक विष्फोट भएपछि बम बनाउँदै गरेका व्यक्तिहरु घाइते भएका थिए । यसरी घाइते भएकालाई जिउँदै जलाएर मारेको आरोपमा आलमलाई प्रहरीले असोज २६ गते पक्राउ गरेको थियो ।

आज अदालत परिसरबाट बाहिरिँदा घटना नै नभएको दाबी गर्दै आलमले आफूलाई फसाउन खोजिएको प्रतिक्रिया दिएका छन् । 

प्रकाशित : ३ कार्तिक २०७६, आईतवार १५:१०