नेपाल बंगलादेश बैंकका प्रबन्धकले गरे ऋणको प्रलोभन देखाएर सेवाग्राही युवतीलाई बलात्कार



विराटनगर । नेपाल बंगलादेश बैंकको मोरङ कर्सियास्थित शाखा प्रबन्धक अमित बास्तोलाले ऋणको प्रलोभन देखाएर सेवाग्राही युवतीलाई बलात्कार गरेका छन् । बिर्तामोड नगरपालिका वडा नम्बर ५ का ४५ वर्षीय बास्तोलाले २०७५ साल चैतमा ऋण माग्न बैंकमा आएकी युवतीलाई गेस्ट हाउसमा लगेर बलात्कार गरेका हुन् ।

प्रबन्धक बास्तोलाले युवतीलाई चैत २२ गते रंगेली नगरपालिका वडा नम्बर ७ स्थित मेरिना होटेल र चैत २६ गते इटहरीमा रहेको बुद्ध गेस्ट हाउसमा लगेर बलात्कार गरेको रहस्य खुलेको छ । ऋणको प्रक्रिया मिलाउने वहानामा गेस्ट हाउसमा लगेर बलात्कार गरेको भन्दै युवतीले त्यतिबेला नै प्रहरीमा बास्तोलाविरुद्ध उजुरी दिएकी थिइन । तर त्यसबेला प्रहरीले उजुरी दर्ता गनए अस्वीकार गर्यो ।

घटनाको २ महिनापछि महानिर्देशक सर्वेन्द्र खनालको ठाडो निर्देशनमा प्रहरीले जाहेरी लिएको हो । जाहेरी दिएपछि प्रहरीले बास्तोलालाई २०७६ जेठ २५ गते पक्राउ गर्यो । प्रहरीको अनुसन्धानपछि बास्तोला साउन १३ गते जेल चलान भए ।

बास्तोलाविरुद्ध अहिले मुद्धा चलिरहेको छ । मुद्धा चलिरहेको बेला बलात्कार घटनालाइ पैसामा मिलाउने प्रयास भइरहेको छ । घटनामा संलग्न व्यक्ति थुनामा भए पनि उनको परिवारका सदस्य तथा साथीभाइले बलात्कार घटना अस्वीकार गर्न दबाब दिँदै ४० लाख ५० हजार रुपैयाँमा मिलाएर मिलापत्र गर्न पीडित पक्षलाई दबाब दिँदै आएका छन् ।

बलात्कार पैसामा मिलाउन दबाब आएपछि यूवती अहिले तनावमा छिन् । मुद्दाकाे आइतबार बकपत्र थियो । पीडीत युवती जिल्ला न्यायाधीश कृष्ण मुरारी शिवाकोटीको इजलासमा बकपत्र शुरु हुना साथ इजलासमै बेहोस भएर ढलिन् । उनलाई तत्कालै अस्पताल लगियो । चिकित्सकले युवती तनावको कारण बेहोस भएको जानकारी गराए । अन्नपूर्ण दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस
सेयर बजारमा देखिएन आशाको किरण

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक झिनो

निजामती कर्मचारीको अनिवार्य अवकाशकालागि उमेर हद ६० वर्ष

काठमाडौं । निजामती कर्मचारीको अनिवार्य अवकाशका लागि उमेर हद बढाइएको छ । यसअघि

प्रकोपमा परेर मृत्यु हुने कर्मचारीका परिवारलाई सरकारले १० लाख दिने

काठमाडौं । सरकारी कामको सिलसिलामा द्वन्द्व वा कुनै प्रकोपमा परेर मृत्यु हुने कर्मचारीको

रविना देशराज श्रेष्ठ मेगा बैंकको डेपुटी सिइओ

काठमाडौं । मेगा बैंकको डेपुटी प्रमुख कार्यकारी अधिकृतमा रविना देशराज श्रेष्ठ बढुवा भएकी