गच्छदार पनि अनुसन्धानमा तानिदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

गच्छदार पनि अनुसन्धानमा तानिदै



काठमाडौं । कांग्रेस उपसभापति एवै संसदीय दलका उपनेता विजयकुमार गच्छदार ललिता निवास प्रकरणको अनुसन्धानमा तानिएका छन् ।

ललिता निवासको जग्गा प्रकरणमा जोडिएका विभिन्न व्यक्तिसँग बयान लिने क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग गच्छदारसँग पनि बयान लिने निष्कर्शमा पुगेको हो । गच्छदारले भौतिक योजना तथा निर्माणमन्त्री हुँदा विवादित प्रस्तावमाथि निर्णय गरी मन्त्रिपरिषदमा पठाउन स्वीकृति दिएका थिए ।

अख्तियार स्रोतका अनुसार विवादास्पद निर्णय हुनुअघि गच्छदारले समेत सो प्रस्तावमा केही निर्णय गरेको भेटिएको छ । समाचार कान्तिपुर दैनिकमा छ ।

प्रकाशित : ४ कार्तिक २०७६, सोमबार ०८:०८