यस्तो छ सुनको भाउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

यस्तो छ सुनको भाउ



काठमाडौं । साताको दोस्रो दिन (सोमबार) पनि सुनको भाउ स्थिर रहेको छ । अघिल्लो साता सामान्य उतार चढाव आएको सुनको भाउ यो हप्ता पनि स्थिर रहेको हो ।

आज छापावाल सुन प्रतितोला ७० हजार ४ सय तथा तेजावी सुन प्रतितोला ७० हजार एक सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

हिजो आइतबार सुन प्रतितोला २ सय रुपैयाँ घटेर ७० हजार ४ रुपैयाँमा कारोबार भएको थियो ।

आज सुनको भाउसँगै चाँदीको भाउ पनि स्थिर रहेको छ । आज चाँदी प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ।

अन्तराष्ट्रिय बजारमा सुनको भाउमा खासै परिवर्तन नआएको र अमेरिका चीनबीच व्यापारिक गरिरोधको अन्त्यका लागि हुने भनिएको वार्ताको मिति तय नभएकाले पनि अन्तराष्ट्रिय बजारमा सुनको भाउ स्थिर रहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ।

प्रकाशित : ४ कार्तिक २०७६, सोमबार ११:४१