नेपाल क्लियरिङ हाउसले ४० प्रतिशत लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

नेपाल क्लियरिङ हाउसले ४० प्रतिशत लाभांश दिने



काठमाडाै । नेपाल क्लियरिङ हाउसले ४० प्रतिशत लाभांश प्रस्ताव पारित गर्न कात्तिक २५ गते वार्षिक साधारण सभा गर्ने भएको छ ।

कम्पनीले आठौं वार्षिक साधारण सभामा गत वर्षको नाफाबाट ३८% बोनस सेयर र कर तिर्न २% नगद गरी कुल ४० प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश गर्दैछ ।

सभामा कम्पनीको अधिकृत पुँजी वृद्धि गरी ५० करोड रुपैयाँ पुर्याउने प्रस्ताव पनि छ । आर्थिक वर्ष २०७५–७६ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव पनि छ ।

यस्तै, आर्थिक वर्ष २०७६–७७ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि पेश हुनेछ । सञ्चालकको बैठक भत्ता वृद्धि गर्ने एजेन्डा पनि छ । सभा होटल क्राउन इम्पेरियल, रविभवन काठमाडौंमा साँझ ५.३० बजे सुरु हुनेछ ।

प्रकाशित : ४ कार्तिक २०७६, सोमबार १३:४८