सिम्रिक साकोसद्धारा सहयोग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

सहकारी

सिम्रिक साकोसद्धारा सहयोग



बिर्तामोडमा मुख्य कार्यालयरही झापा जिल्लाभर कार्यक्षेत्र रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आफ्ना कर्मचारी परिवारमा शोक व्यक्त गर्दै मृत्यु राहत प्रदान गरेको छ ।

संस्थाका पाडाजुँगी सेवा केन्द्र प्रमुख वेदप्रसाद आचार्यका पिता र बजार प्रतिनिधि रञ्जिता भण्डारी आचार्यका ससुराको निधन प्रति दु:ख व्यक्त गर्दै आज श्रद्धाञ्जली अर्पण गरेको छ।

संस्थाका पाडाजँगी सेवा केन्द्र प्रमुख आचार्यका पिता छविलाल आचार्यको ७५ वर्षको उमेरमा गत असोज २५ गते निधन भएको थियो । संस्थाले आचार्यको मृत्युमा ९० हजार मृत्यु राहतसहित समवेदना पत्र प्रदान गरेको हो ।

कमल गाउँपालिका अध्यक्ष मेनुका काफले, संस्थाका अध्यक्ष कमलबहादुर बस्नेत सहित संचालक र कर्मचारीहरुले आज स्वर्गीय आचार्यको घरमा पुगेर श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

उक्त श्रद्धाञ्जली कार्यक्रमको सञ्चालन संस्थाका विभागीय प्रमुख विजय बस्नेतले गरेका थिए ।

प्रकाशित : ४ कार्तिक २०७६, सोमबार १६:०६