४२ महिनाभित्र बन्ला त नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

४२ महिनाभित्र बन्ला त नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग ?



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजधानी भित्रिने मुख्य नाकाका रूपमा रहेको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको सोमबार शिलान्यास गरेका छन् ।

चन्द्रागिरि नगरपालिकास्थित दहचोकमा आयोजित एक विशेष समारोहका बीच प्रधानमन्त्रीले सुरुङमार्ग शिलान्यास गरेका हुन् ।

सुरुङमार्ग निर्माणका लागि ५ अर्ब ५० करोड २ लाख १३ हजारमा जापानी कम्पनीसँग सम्झौता भइसकेको छ । २.६८८ किलोमिटर लामो हुने सो सुरुङमार्ग आगामी ४२ महिनाभित्र निर्माण सम्पन्न भइसक्ने बताइएको छ ।

उद्घाटन समारोहमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, नेपालका लागि जापानी राजदूत, जाइकाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । सुरुङमार्फत निर्माणका लागि जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले सहुलियत ऋण उपलब्ध गराउने जनाइएको छ ।

प्रकाशित : ४ कार्तिक २०७६, सोमबार १६:४३