एनएमबि लघुवित्ले कार्तिक २४ गतेदेखि हकप्रद शेयर बेच्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एनएमबि लघुवित्ले कार्तिक २४ गतेदेखि हकप्रद शेयर बेच्ने



काठमाडाै । एनएमबि लघुवित्त वित्तीय संस्थाले कार्तिक २४ गतेदेखि हकप्रद शेयरको बिक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको १५० प्रतिशत हकप्रद जारी गर्न लागेको हो ।

हाल कम्पनीको चुक्ता पूँजी १६ करोड २० लाख रुपैयाँ छ । जस अनुसार कम्पनीले २४ करोड ३० लाख रुपैयाँ बराबरको २४ लाख ३० हजार ९३ कित्ता हकप्रद बिक्रि गर्ने छ।

कम्पनीले हकप्रद निष्काशनको लागि कार्तिक ७ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । जस अनुसार कार्तिक ६ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रदमा आवेदन दिन पाउनेछन् ।

हकप्रद शेयरका लागि कार्तिक २४ गतेदेखि मंसिर २९ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक सनराइज क्यापिटलले जनाएको छ ।

एनएमबि लघुवित्तका शेयरधनीले सनराइज क्यापिटल , सनराइज बैंकका शाखाहरु तथा सी आश्वा सदस्य बैंक त्तहा वित्तीय सस्था बाट समेत हकप्रदमा आवेदन दिन सक्ने छन् ।

उक्त हकप्रद बिक्रि तथा वितरण पश्चात लघुवित्तको चुक्ता पूँजी ४० करोड ५० लाख पुग्नेछ। लघुवित्तको हकप्रदले ईक्रा नेपालबाट आइपीओ ग्रेड ४ रेटिङ्ग पाएको छ। यसले लघुवित्तको वित्तीय अवस्था औषत भन्दा कमजोर भएको जनाउँछ।

प्रकाशित : ५ कार्तिक २०७६, मंगलवार १२:१३