ग्लोबल आइएमई लघुवित्तको लिलामी शेयर भर्ने आज अन्तिम दिन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

ग्लोबल आइएमई लघुवित्तको लिलामी शेयर भर्ने आज अन्तिम दिन



काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको लिलामी शेयर भर्ने मंगलबार अन्तिम दिन रहेको छ ।

कम्पनीले गत साउन २१ देखि भदौ २३ गतेसम्म हकप्रद जारी गर्दा बिक्री हुन नसकेको सर्वसाधारण तर्फको ५६ हजार ५६१ कित्ता शेयर असोज २८ गतेदेखि लिलामीमा ल्याएको हो ।

यस शेयरको न्यूनतम मूल्य रू. १०० तोकिएको हुदा लिलामी भर्दा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।

बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ताका लागि र अधिकतम १० अंकले भाग जाने गरी २५ हजार कित्तासम्म माग गर्न सकिनेछ ।

प्रकाशित : ५ कार्तिक २०७६, मंगलवार १२:१७