नेबिको बिस्कुटको ‘गिफ्ट फेमीली प्याक’ बजारमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

नेबिको बिस्कुटको ‘गिफ्ट फेमीली प्याक’ बजारमा



काठमाडाै । पछिल्लो ६ बर्षदेखि सुगर फ्री डाइजेस्टिभ बिस्कुटबाट नेपाली उपभोक्तामाझ लोकप्रियता बटुलिरहेको ब्राण्ड नेबिको प्रा.लि. ले उपभोक्ताको चाहना एवं समय सापेक्षिक गुणस्तरलाई ध्यानमा राख्दै नेबिको बिस्कुटको ‘गिफ्ट फेमीली प्याक’ बजारमा ल्याएको छ । उत्पादनको गुणस्तरलाई उपभोग्य समयसम्म कायम राख्न र आकर्षक बनाउने उद्देश्यसहित नयाँ प्याकेजिङ मेटेरियल सहित कम्पनिले फेमिली प्याक बजारमा ल्याएको हो ।

विदेशबाट आयातित एटिसी (एटिसी इएर टाइट कार्टुन) मा प्याकेजिङ गरिएको बिस्कुट ३ सय ६० ग्रामको छ । हालै मात्र बजारमा आएको यो फेमिली प्याकको बजार मुल्य २ सय रुपैयाँ कायम गरिएको छ । ‘फेमीली प्याक’ भित्र दशवटा साना भिन्ना भिन्नै प्याक समावेश भएकोले ग्याहकहरुले खरिद पश्चात तुरुन्त खपत गर्नुपर्ने बाध्यता नरहने र प्याकेट खोल्दा पनि बिस्कुटको गुणस्तरीयतामा कमी नआउने कम्पनिले बताएको छ ।

अन्य विदेशी बिस्कुटको तुलनामा गुणस्तरीय र सुपथ मूल्यमा खरिद गर्न सकिने नेपाली प्रोडक्टले उपणोक्ताको पाचन प्रणालीको सहजिकरण, तौल नियन्त्रण तथा सन्तुलन एवं मधुमेह भएका तथा नभएका उपभोक्ताहरुको स्वास्थ्यलाई ध्यानमा राकी कोलिस्ट्रोलरहित उत्कृष्ट स्वादमा बिस्कुट ल्याएको नेबिको कम्पनिले जनाएको छ । मानव स्वास्थ्यमा सचेत सम्पुर्ण उपभोक्ताहरुले निर्धक्क भइ यो बिस्कुट उपभोग गर्न कम्पनिले विश्वास पनि दिलाएको छ ।

बिस्कुट ब्राण्डतर्फ सुगर फ्री डाइजेष्टिभ बिस्कुटलाई उत्कृष्ट उत्पादन ठान्दै उपभोक्तामाझ लोकप्रिय बनेको नेबिको प्रा.लि विगत ५५ बर्षदेखि बिस्कुट तथा कन्फेक्सनरी उत्पादन तथा बिक्रि वितरणमा सकृय छ । दशकौंदेखि उपभोक्तामाझ लोकप्रिय आइएसओ ९००१:२००८ क्वालिटी म्यानेजमेन्ट सिस्टम प्रमाणित कम्पनि कम्पनिको स्वामित्वमा हाल बिस्कुट, कन्फेक्सनरी, मैदा मिल र ट्रेडिङ कम्पनिहरु छन् ।

प्रकाशित : ५ कार्तिक २०७६, मंगलवार १७:०९