नेपाल राष्ट्र बैंकले माग्यो एक साथ ६७ कर्मचारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

नेपाल राष्ट्र बैंकले माग्यो एक साथ ६७ कर्मचारी



काठमाडाै । नेपाल राष्ट्र बैंकले एक साथ ६७ कर्मचारी माग गरेको छ । बैंकको जनशक्ति ब्यबस्थापक बिभागले ३ तहमा गरि कुल ६७ जना कर्मचारी माग गरेको हो ।

जस अनुसार बैंकले सहायक निर्देशक (अधिकृत तृतीय)मा २८ जना, सोहि पदमा लेखा तथा लेखा परिक्षण तर्फ ८ जना माग गरिएको छ । त्यस्तै बैंकले सहायक (सहायक द्वीती) तर्फ ३१ जना कर्मचारी माग गरेको हो ।

बैंकले योग्य तथा इच्छुक आवेदकलाई कार्तिक २८ गतेसम्म र दोब्बर दस्तुर तिरेर मंगसिर ५ गतेसम्म अनलाइन मार्फत आवेदन दिन आग्रह गरेको छ ।

प्रकाशित : ८ कार्तिक २०७६, शुक्रबार ०८:२४