सामाजिक संजालमा फैलिएको हल्लाले टाट पल्टियो अर्बौंको लगानीको गहना पसल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

कर्पोरेट

सामाजिक संजालमा फैलिएको हल्लाले टाट पल्टियो अर्बौंको लगानीको गहना पसल



काठमाडौं। एउटा सामान्य हल्लाले अर्बौंको लगानीमा संचालित व्यवसाय कसरी धराशायी बन्न पुग्छ भन्ने पछिल्लो एक घटनाले देखाएको छ । सामाजिक संजालमा फैलिएको एउटा सामान्य हल्लाका कारण भारतको सबैभन्दा व्यस्त शहर मुम्बइमा संचालित अर्बौंको लगानी भएको रसिकलाल सनकलाल चन्द ज्वेलर्स बन्द भएको छ ।

आज तकको समाचार अनुसार पूर्वी मुम्बइमा संचालित यो पसल २८ र २९ अक्टोबरका दिन बन्द थियो । पसल मालिकले आफ्नै कामका कारण पसल बन्द गरेका थिए । लगत्तै ह्वाट्सएपमा यो पसलबारे हल्ला फैलिन सुरु भयो । ह्वाट्एपमा भाइरल गराइएको सन्देशमा यो पसलका मालिकमाथि ३ सय करोड ऋण भएको र यसका मालिक लगानीकर्ताको पैसा लिएर भागेको दावी गरिएको थियो ।

यो पसलले पोन्जी स्किमअनुसार ठूलो परिमाणमा बाहिरी लगानीकर्ताको लगानी लिएको थियो । यो लगानीको प्रतिफल दिनको लागि निश्चित समयावधि तोकिएको थियो तर हल्ला फैलिएपछि ती सबै लगानीकर्ताहरु एकैपटक पसल पुगे । जब लगानीकर्ताहरु पसल पुगेको पसलका मालिकले थाहा पाए त्यसपछि उनी पनि पसल पुगे । त्यहाँ उनले लगानीहरुलाई गहना र सुन बाँडे ।

घाटकोपरमा बीजेपी सांसद पराग शाहका अनुसार ३० अक्टोबरका दिन साँझ हालत नियन्त्रणबाहिर पुगेको थियो । त्यसपछि पसलका मालिकलाई बोलाइयो । लगानकिताृहरु आफ्नो पैसा नलिइ नछाड्ने अडानमा रहेपछि अन्ततः पसलमा भएजजि सबै गहना लगानीकर्तामा बाँडियो । केही लगानीकर्ताले गहना र सुन पाए तर केहीले अझै पाउन सकेका छैनन् । पाउन नसकेका लगानीकर्ताहरुले यस विषयमा प्रहरीमा उजुरी गरेका छन् ।

प्रकाशित : १९ कार्तिक २०७६, मंगलवार ११:२३