सुनचाँदीको मूल्य बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

कर्पोरेट

सुनचाँदीको मूल्य बढ्यो



काठमाडौं । साताको पाँचौँ दिन आज बिहीबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बुधबार ७० हजार दुई सय रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मुल्य आज चार सय रुपियाँले बढेर प्रतितोला ७० हजार छ सय रुपियाँ कायम भएको हो ।

आज महासंघले तेजाबी सुन प्रतितोला ७० हजार तीन सय रुपियाँ कायम गरेको छ । त्यस्तै, महासंघले प्रति १० ग्राम छापावाला सुनको मूल्य ६० हजार ५३० रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ५९ हजार २७५ रुपियाँ कायम गरेको छ ।

त्यस्तै, चाँदीको मूल्य पाँच रुपियाँले घटेर ८५० रुपियाँमा नै कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ७२९ रुपियाँ कायम गरेको छ ।

प्रकाशित : २१ कार्तिक २०७६, बिहीबार ११:३२