दाबी भुक्तानीमा विलम्ब नगर्न बीमा व्यवसायीसँग अर्थमन्त्रीको आग्रह



काठमाडौँ । अर्थमन्त्री डा युवराज खतिवडाले दाबी भुक्तानीमा विलम्ब नगर्न बीमा व्यवसायीहरूसँग आग्रह गरे ।

नेपाल पुनर्बिमा कम्पनीको छैटौँ वार्षिकोत्सवका अवसरमा आज राजधानीमा आयोजित कार्यक्रममा अर्थमन्त्रीले नष्ट भएको धनमालको क्षतिपूर्ति दाबीको भुक्तानीमा ढिलासुस्ती नगर्न सम्बद्ध सबैलाई आग्रह गरे ।

उहाँले क्षतिको मूल्याङ्कन यकिन गर्न लाग्ने समय विमितलाई जानकारी दिन र निर्धा्रित समयभित्रै क्षतिपूर्ति बापतको रकम दिन अनुरोध गर्दै बीमा रकमका निम्ति दुर्घटनाको फर्जी कागतपत्र बनाउनेहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए ।

“आफ्नै घरमा आगो लगाएर कृत्रिम क्षतिको बीमा दाबी गर्नेहरूविरुद्ध कडारूपमा प्रस्तुत हुनुहोस्” झूठा दाबी गर्नेहरू नैतिकरूपमा नै पतित भएको भन्दै उहाँले वास्तविक पीडित भने बीमाको सुविधाबाट वञ्चित हुन नहुनेमा जोड दिए । उनले स्वार्थको द्वन्द्व हुने गरी व्यवसाय नगर्न पनि सम्बद्ध सबैमा आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस
आर्थिक वर्षको बजेट: यी हुन छुट र अनुदान पाइने क्षेत्र

काठमाडौं । सरकारले नयाँ व्यवसाय शुरु गर्ने व्यवसायीहरूलाई २ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध

आर्थिक वर्ष २०७७/०७८ को बजेट पोहोर भन्दा ५८ अर्बले कम (पूर्ण पाठ)

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि १५ खर्ब हाराहारीको बजेट

प्रत्येक नेपालीको थाप्लोमा ३८ हजार ३४ रुपैयाँ ऋण, यस्तो छ आर्थिक सर्वेक्षण

काठमाडौं । नेपालको अहिलेसम्म झण्डै साढे ११ खर्ब ऋण रहेको छ । अर्थमन्त्री

‘राजाहरुको तस्वीरअंकित नोट चल्छन, मक्किएका, जलेका, पानीले भिजेका चल्दैनन्’

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार सफा नोट नीति संशोधनबारे जारी गरेको निर्देशनले