स्वदेशी लघुवित्तको साधारणसभा मंसिर १६ गते, ३५ प्रतिशत लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

स्वदेशी लघुवित्तको साधारणसभा मंसिर १६ गते, ३५ प्रतिशत लाभांश दिने



काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्थाले पाँचौ वार्षिक साधारण सभा मंसिर १६ गते गर्न लागेको जानकारी दिएको छ ।

कम्पनीले २० प्रतिशत बोनस शेयर , १३ दशमलव २५ प्रतिशत नगद लाभांश र बोनस र नगदको करको लागि १ दशमलव ७५ प्रतिशत नगद लाभांश पारित गर्नको लागि सभा बोलाएको हो ।


बोनस शेयर वितरणपछि कायम हुने चुक्ता पँुजी २७ करोड ६० लाखको आधारमा ४ बराबर १ को अुनपातमा हकप्रद शेयर पारित गर्ने र लघुवित्त अन्य कुनै वित्तीय संस्थासँग गाभ्ने गाभिने वा प्राप्ति गर्ने अधिकार संचालकलाई दिने विशेष प्रस्ताव रहेको छ ।

प्रकाशित : २२ कार्तिक २०७६, शुक्रबार १२:४२