आकाशियो सुनको भाउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

कर्पोरेट

आकाशियो सुनको भाउ



काठमाडौं । साताको दोस्रो आज (सोमबार) नेपाली बजारमा सुनको भाउ झन् बढेको छ । हिजो एकै दिन तोलामा ११ सय रुपैयाँ बढेको सुनको भाउ आजपनि २ सय रुपैयाँ बढेको हो ।

आज छापावाल सुन प्रतितोला ७१ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार सुन ६९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज तेजावी सुनको भाउ पनि बढेको छ। आज तेजावी सुन प्रतितोला ७० हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ।

आज सुनको भाउसँगै चाँदीको भाउ पनि बढेको छ । आज चाँदी प्रतितोला ८ सय ४५ रुपैयाँमा कारोबार भईरहेको छ।

यसअघि चाँदी ८ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित : २५ कार्तिक २०७६, सोमबार ११:३२