नट्सबाट १६ अर्ब ५४ करोडको सेयर कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

शेयर बजार

नट्सबाट १६ अर्ब ५४ करोडको सेयर कारोबार



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले १ वर्ष अघि उद्घाटन गरेको पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली (नट्स) बाट १६ अर्ब ५४ करोड ८२ लाख ९ हजार रुपैयाँको सेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार यो अवधिमा १६ हजार २३४ जनाले सेयर कारोबार गरेका छन् ।


नेप्सेका अनुसार १ वर्षको अवधिमा १ अर्ब ६ अर्ब ९ करोड ३४ लाख १८ हजार रुपैयाँको सेयर कारोबार भएको छ । जसमा यो अवधिमा ३७ करोड १२ लाख ५७ हजार ९८८ कित्ता सेयर कारोबार भएको देखिएको छ ।


१ वर्षको अवधिमा १२ दिनमा सय करोड भन्दा कारोबार भएको छ भने १ दिन दुई सय करोड भन्दा बढी रकमको सेयर कारोबार भएको छ । एकै दिनमा सबै भन्दा बढी २९ हजार ४९६ कित्ता सम्म सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।


अनलाइनबाट मात्रै १ वर्षको अवधिमा संख्यात्मक रुपमा हेर्दा ५ करोड ८७ लाख २१ हजार ६४९ कित्ता सेयर कारोबार भएको देखिएको छ ।


नेप्सेले सुरु गरेको अनलाइन प्रणालीले गर्दा देश तथा विदेशमा रहेका लगानीकर्ताहरुले सहजै सेयर किनबेचको लागि आदेश दिन सक्ने भएका छन् ।


अर्थमन्त्री डा. खतिवडाले अनलाइनको उद्घाटन गरेपछि नेपाल क्लियरिङ हाउसमा आबद्ध ७५ भन्दा बढी बैंक तथा वित्तीय संस्थामार्फत कारोबार सम्बन्धी रकम भुक्तार्न गर्न सक्ने व्यवस्था गरेको नेप्सेले जनाएको छ ।

प्रकाशित : २५ कार्तिक २०७६, सोमबार १२:२३