रिडी हाइड्रोपावर डेभलपमेन्टले लाभांश बाड्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

रिडी हाइड्रोपावर डेभलपमेन्टले लाभांश बाड्ने



काठमाडौं । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आफ्ना सेयरधनीलाई ५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७५/७६ मा आर्जन गरेको मुनाफाबाट सम्पूर्ण सेयरधनी सदस्यलाई लाभांश वितरण गर्न लागेको हो ।

सञ्चालक समितीको शुक्रबार बसेको बैठकले शेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको कम्पनीले जनाएकाे छ । याे लाभंश कम्पनीका सबै सेयरधनी सदस्यले पाउने छन् ।

कम्पनीको आगामी पुस ४ गते हुने तय भएकाे १८औं वार्षिक साधारणसभाले सञ्चालक समितिले गरेकाे प्रस्ताव स्वीकृत गरेपछि सेयरधनी सदस्यले लाभांश पाउने छन् ।

प्रकाशित : २६ कार्तिक २०७६, मंगलवार १२:११