आईसीएफसी फाइनान्सको लाभांश प्रस्ताव « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

आईसीएफसी फाइनान्सको लाभांश प्रस्ताव



काठमाडाै । आईसीएफसी फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव गरेको छ ।


संस्थाको बुधबार दिउँसो बसेको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट आफ्नो सेयरधनीहरुलाई कुल १३ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो । संस्थाले चुक्तापुँजी ८८ करोड २१ लाख ७२ हजार ४०० रुपैयाँको ५ प्रतिशतले हुन आउने ४ करोड ४१ लाख ८ हजार ६२० रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।

त्यस्तै संस्थाले चुक्तापुँजीको ८ प्रतिशतले हुन आउने ७ करोड ५ लाख ७३ हजार ७९२ रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसहित) वितरणको प्रस्ताव गरेको छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभाबाट पारित गर्दै सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ ।

प्रकाशित : २८ कार्तिक २०७६, बिहीबार ११:५१