डलरको भाउ बढ्यो, नेपाली रुपैयाँ कमजोर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

डलरको भाउ बढ्यो, नेपाली रुपैयाँ कमजोर



काठमाडाै । अमेरिकी डलरसहित प्रायः देशको मुद्राको भाउ बढेको छ। बुधबार एक डलर बराबर १ सय १४ रुपैयाँ ६४ पैसामा कारोबार भएकोमा बिहीबार १ सय १५ रुपैयाँ ६५ पैसा पुगेको छ ।
आज अमेरिकी डलर एकको खरिददर ११५ रुपैयाँ ५ पैसा तथा बिक्रिदर ११५ रुपैयाँ ६४ पैसा रहेको छ। नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहने गरेको छ । यसकारण केही समयता डलरको तुलनामा भारु खस्किँदा नेपाली रुपैयाँको मूल्यसमेत कमजोर हुने गरेको छ ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४७ रुपैयाँ ८५ पैसा र बिक्रिदर १४८ रुपैयाँ ६२ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ६८ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ८४ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ६० पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ७६ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ३२ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ४९ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ७० पैसा तथा बिक्रिदर २७ रुपैयाँ ८४ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३ सय ७८ रुपैयाँ ७१ पैसा तथा बिक्रिदर ३ सय ८० रुपैयाँ ६८ पैसा रहेको छ । बहराईन दिनार एकको खरिददर ३ सय ५ रुपैयाँ १८ पैसा तथा बिक्रिदर ३ सय ६ रुपैयाँ ७७ पैसा रहेको छ।

प्रकाशित : २८ कार्तिक २०७६, बिहीबार १२:१२