मंसिर १ गते सार्वजनिक विदा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बीमा

मंसिर १ गते सार्वजनिक विदा



काठमाडौं । मंसिर १ गतेका दिन अर्थात आउदो आइतवार सार्वजनिक विदा दिइएको छ । एक विज्ञप्ती जारी गर्दै गुठी पञ्चमीका लागि गोरखाको शहीदलखन गाउँपालिकाले बिदा दिएको छ ।

मंसिर १ गते आइतबार प्रसिद्ध धार्मिकस्थल गोरखाको मनकामना मन्दिरमा गुठी पञ्चमी पूजा हुने भएकोले त्यस दिन सार्वजनिक बिदा दिने गाउँ कार्यपालिकाले निर्णय गरेको हो ।

‘मनकामना माई मन्दिरमा गुठी पञ्चमीका दिन विशेष पूजा लाग्ने भएकोले गाउँपालिका मातहत कार्यालय मंसिर १ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय भएको छ,’ गाउँपालिकाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : २८ कार्तिक २०७६, बिहीबार १२:५८