राजस्व छली गरेको आरोपमा नौ करोड ३९ लाख बिगो सहित पाँचजनालाई मुद्दा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

राजस्व छली गरेको आरोपमा नौ करोड ३९ लाख बिगो सहित पाँचजनालाई मुद्दा



काठमाडाै । राजस्व छली गरेको आरोपमा राजस्व अनुसन्धान विभागले पाँच जनाविरुद्ध मुद्दा दायर गरेको छ । मूल्य अभिवृद्धि करसम्बन्धी झुठो तथा नक्कली बीजकको प्रयोग गरी राजस्व छली गरेको आरोपमा नौ करोड ३९ लाख बिगो सहित विभागले मुद्धा दायर गरेको हो । विभागले उनीहरुविरुद्ध बिगोको दोब्बरसम्म जरिवाना र तीन वर्ष कैद सजायको माग गर्दै काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।

काभ्रेपलाञ्चोक घर भई काठमाडौँ महानगरपालिका ३२ बस्ने एसपी इन्टरप्राइजेज र हिमाल कन्सट्रक्सनका प्रोपाइटर शिवप्रसाद गौतमले तीन करोड ८१ लाख रुपैयाँ र रामेछाप घर भई काठमाडौँमा हार्डवेयर सञ्चालन गर्दै आएका देवबहादुर खत्रीले झण्डै तीन करोड बिगो बराबरको राजस्व छलेको विभागको आरोप छ ।

यस्तै काभ्रेपलाञ्चको पाँचखाल– ७ घर भई काठमाडौँ महानगरपालिका ३२ बस्ने वाटरमार्क इन्टरप्राइजेजका प्रोप्राइटर शिवराम न्यौपानेले एक करोड ५९ लाख रुपैयाँ , काठमाडौँ महानगरपालिका– ११ बस्ने हिमालयन इन्टरप्राइजेजका प्रोपाइटर लक्ष्मण चौलागाईंले ६९ लाख ३९ हजार रुपैयाँ र भक्तपुर बस्ने न्यू युनिभर्सल इन्टरप्राइजेका सञ्चालक सुदर्शन चौलागाईंले ३० लाख ३२ हजार रुपैयाँ बिगो बराबरको कर छली गरेको आरोप छ ।

प्रकाशित : २८ कार्तिक २०७६, बिहीबार १३:०३