रविना देशराज श्रेष्ठ मेगा बैंकको डेपुटी सिइओ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

रविना देशराज श्रेष्ठ मेगा बैंकको डेपुटी सिइओ



काठमाडौं । मेगा बैंकको डेपुटी प्रमुख कार्यकारी अधिकृतमा रविना देशराज श्रेष्ठ बढुवा भएकी छिन । रविना मेगा बैंकमा नायव महाप्रबन्धक थिइन ।

मेगा बैंक स्थापनादेखि उनी त्यहाँ छिन । नबिल बैंक छाडेर उनी मेगा गएकी थिइन । ग्रामीण बैंकिङमा विशेष दख्खल राख्ने रविनाले भारतको कलकत्तास्थित मदन टेरेसाज होम फर द ओल्ड एण्ड चिल्ड्रेनबाट आफ्नो करिअर सुरु गरेकी थिइन ।

रविनाको अध्ययन पनि कलकत्तामै भएको हो। श्रेष्ठ त्यसपछि तत्कालिन ग्रिण्डलेज बैंक ९अहिलेको स्ट्याण्डर्ड चार्टर्ड बैंक० मा आइन । त्यहाँ उनले १३ बर्ष काम गरेकी थिइन्। त्यहाँ उनले ’इन्ट्री लेभल’ बाट करियर सुरु गरेकी थिइन ।

चार्टर्ड छोडेर उनी नबिल बैंकमा आइन्। नबिलमा उनले ६ बर्ष सात महिना बिताएकी थिइन । नबिलपछि खुल्न लागेको मेगा बैंक नेपालमा अनिल शाह ९नबिल बैंकका सिइओ०, अनुपमा खुँञ्जेली ९मेगा बैंककी सिइओ० सँगै गएकी थिइन ।

बैंकिङ क्षेत्रमा रविनाले २९ बर्ष बिताइसकेकी छिन । उनले मानार्थ डाक्टर उपाधि पनि पाएकी छिन । उनले अन्तराष्ट्रिय संस्थाहरुबाट सम्मान तथा पुरस्कार पनि पाएकी छिन ।

प्रकाशित : २८ कार्तिक २०७६, बिहीबार १५:०३