सेयर बजारमा देखिएन आशाको किरण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

सेयर बजारमा देखिएन आशाको किरण



काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक झिनो अंकले बढेको छ । आज नेप्से ०.७९ अंकले बढेर ११३५.९५ बिन्दुमा पुगेको छ ।


कुल १६३ वटा कम्पनीको ८ लाख ३३ हजारभन्दा बढी कित्ता शेयर २२ करोड ८३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । आज धेरै कारोबार गर्नेमा एनएमबी बैंक अगाडी रहेको छ । जसको कारोबार चार करोड २९ लाख रुपियाँ बराबरको भएको छ । त्यसैगरी, दोस्रो धेरै कारोबार गर्नेमा नेपाल बैंक रहेको छ ।

जसको कारोबार एक करोड ३३ लाख रुपियाँ बराबरको भएको छ । त्यस्तै, आज ट्रेडिङ अर्थात् व्यापार समूकको सुचक छ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ भने म्युचल फण्ड समूहको सुचकमा एक प्रतिशतभन्दा धेरैको सुधार आएको छ । त्यस्तै, होटल विकास बैंक, अन्य र माइक्रोफाइनान्स समूहको सुचक शुन्य प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ भने बाँकी सबै समूहको सूचकमा शुन्यभन्दा धेरै प्रतिशतको सुधार आएको देखिन्छ ।

त्यसैगरी, धेरै फाइदा खानेमा साल्ट ट्रेडिङका लगानीकर्ता अगाडि छन् । कम्पनी ९.९१ प्रतिशतको फाइदामा गएको छ । त्यस्तै, आज धेरै घाटा खानेमा ग्लोबल आईएमई सम्मुन्नत स्किमका लगानीकर्ता रहेका छन् । कम्पनी ५.६६ प्रतिशतले घाटामा गएको छ ।

प्रकाशित : २८ कार्तिक २०७६, बिहीबार १५:३३