कुमारी बैंककाे नाफा ४० कराेड



काठमाडौं। कुमारी बैंकले आज प्रकाशित गरेको वित्तीय विवरण अनुसार चालू आर्थिक बर्षको पहिलो त्रैमासमा ४० करोड १६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।उक्त अवधिमा बैंकले  गत वर्षको भन्दा १४.२४ प्रतिशतले नाफा आर्जन गर्न सफल भएको छ। 

यस अवधिमा बैंकले निक्षेप संकलन ६.९६ प्रतिशत र कर्जा लगानी ५.७९ प्रतिशतले बढ्दा खुद व्याज आम्दानीमा १२.३४ प्रतिशतले सुधार आएको छ। खुद व्याज आम्दानी ९१ करोड ८५ लाख रुपैयाँ आर्जन गरेको छ। गत वर्षको सोही अवधिमा ८१ करोड ७६ लाख रुपैयाँ थियो।

बैंकको वित्तीय विवरण अनुसार यस  अवधिमा ७८ अर्ब ३० करोड रुपैयाँ निक्षेप संकलन गरी ७७ अर्ब २४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। गत वर्षको सोही अवधिमा ७१ अर्ब २० करोड रुपैयाँ निक्षेप संकलन गरी ७३ अर्ब एक करोड रुपैयाँ लगानी गरेको थियो।  बैंकको प्रतिशेयर आम्दानी १६ रुपैयाँ रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस
कोरोना संकटबाट प्रभावित क्षेत्रहरुलाई प्राथमिकतामा राखेर मौद्रिक नीति आउछ ः गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विश्व महामारी कोरोना संकटबाट प्रभावित

उन्नति लघुवित्तको ३८.६० प्रतिशत बोनस शेयर हितग्राही खातामा

काठमाडाै । उन्नति लघुवित्त वित्तीय संस्थाले ३८.६० प्रतिशत बोनस शेयर सम्वन्धित शेयरधनीहरुको हितग्राही

एनएलजी इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा आरबिबि मर्चेण्ट

काठमाडाै । एनएलजी इन्स्योरेन्स कम्पनीले शेयर रजिष्ट्रारमा आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेड नियुक्त गरेको

साधना लघुवित्तको आईपीओ आज बाँडफाँट हुने

काठमाडौं । साधना लघुवित्तको आईपीओ सोमवार आज बाँडफाँट हुने भएको छ । कम्पनीको